७ जेष्ठ २०८१, सोमबार

 

ट्वीटरका सीईओद्वारा एक अर्ब डलर सहयोग

विश्वको चर्चित सामाजिक सञ्जाल ट्वीटरका सीईओ ज्याक डोर्सीले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि एक अर्ब डलरको सहयोग गर्ने घोषणा गरेका छन ।

डोर्सीले मंगलबार ट्वीटरमार्फत आफूले कोरोना भाइरसविरुद्ध लड्न स्टार्ट स्मल एलएलसी कोष स्थापना गरेको जानकारी दिएका छन ।स्क्वायर इंकका पनि सीईओ रहेका डोर्सीले एक अर्ब डलरको सहयोग जम्मा गरेको बताए । यो उनको समग्र सम्पत्तिको २८ प्रतिशत हो ।

कोरोना भाइरसको रोकथामको सँगै यो कोषको प्रयोग बालिकाको स्वास्थ्य र शिक्षाका प्रयोग गरिने छ । साथै विश्वव्यापी न्यूनतम आम्दानी भएका श्रमिकहरुको हितमा खर्च गरिने छ ।

प्रतिक्रिया दिनुहोस्