३ श्रावण २०८३, आईतवार

 

भारतीय स्वतन्त्रता आन्दोलनमा आधारित चार चर्चित फिल्म

लकडाउनमा हामी फुर्सदिला भएका छौं । दिन कटाउने सबैका आआफ्नै तरिका हुन्छन् । कसैलाई पुस्तक पढ्ने सोख होला त कसैलाई बगैंचा सजाउने ।

फुर्सद कटाउने अर्को सजिलो उपाय फिल्म हेर्नु हो । हामी यहाँ यस्तै चार फिल्मको चर्चा गर्दै छौं जो तपाईंको लकडाउनका साथी बन्न सक्छन् ।

यी चारै फिल्म भारतीय स्वतन्त्रता आन्दोलनमा बलिदान गर्नेहरूका कथामा आधारित छन् । यिनलाई हेर्दा फगत आँखालाई मनोरञ्जन मात्र होइन, इतिहासबारेको जानकारी पनि सँगसँगै भइरहेको हुन्छ ।

यी फिल्मले भारतमा अंग्रेज शासनबाट मुक्तिका लागि भएको संघर्र्ष, समर्पण, विश्वासघात, दमन र प्रतिरोधको कथा बोल्छन् । पात्रहरूले हामीलाई नागरिकका लागि स्वतन्त्रता कति मूल्यवान् छ र त्यसविना देश र समाजको अवस्था कति कारुणिक हुन्छ भन्ने बुझाउँछन् ।

समुदायलाई निरंकुशता र दमनबाट मुक्ति दिलाउन स्वतन्त्रताका नायक र नायिकहरूको भूमिकाले हामीलाई फिल्मको अन्त्यसम्मै बाँधिरहन्छ ।

१। मणिकर्णिका
झाँसीको रानीको जीवनीमा आधारित मणिकर्णिका फिल्ममा रानी लक्ष्मी बाईको भूमिकामा कंगना रनावतले मुख्य भूमिका खेलिकी छिन् । राधाकृष्णले निर्देशन गरेको फिल्ममा उनको प्रस्तुति दमदार छ ।

२। गौतमी पुत्र
यो पनि ऐतिहासिक फिल्म हो । यसमा नादामुरी बालकृष्ण, हेमा मालिनी, श्रीया सरनको मुख्य भूमिका छ । राजीव रेडीले निर्माण गरेको यो फिल्म हिन्दी र तेलगु भाषामा बनेको छ ।

३। से रा
यो फिल्ममा दक्षिण भारतका चर्चित अभिनेता चिरञ्जीवीको मुख्य भूमिका छ । अमिताभ बच्चन उनको गुरुको भूमिकामा छन् । भारतीय स्वतन्त्रताका लागि भएको पहिलो लडाइँका रूपमा यो फिल्मले इतिहासको उत्खनन गरेको छ । यो फिल्मको मुख्य पात्रले ओझेल परिसकेका ऐतिहासिक पात्र नरसिंहा रेडीको योगदानलाई बाहिर ल्याएको छ ।

४। पार्टिसन १९४७
यो फिल्मले भारत अंग्रेज शासनबाट भर्खरै स्वतन्त्र हुँदाताका ९सन् १९४७० का कठिन दिनहरूको कथा उजागर गर्छ । बेलायती स्वार्थका लागि तत्कालीन बेलायती प्रधानमन्त्री चर्चिलले कसरी भारत र पाकिस्तानको विभाजन गराए, फिल्मले प्रस्ट पारेको छ ।

देश विभाजनले समाज, परिवार र मुख्य जातिहरूमा पारेको दर्दनाक असरको बयान गर्दै त्यसबीचमा हिन्दू युवक र मुस्लिम युवतीको प्रेमकथालाई फिल्मले बोकेको छ । यसले गान्धी, नेहरू, जिन्ना र लर्ड माउन वेटनको जीवनी पनि सरल तरिकाले प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung