२ जेष्ठ २०८२, शुक्रबार

 

थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । शुक्रबार थप ३० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितमा सर्लाहीको १५ जना, चितवनको २ जना, कपिलवस्तुको ९ जना र नवलपरासीका ४ जना छन् ।

संक्रमितमा नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका–६ केसरबाघका ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला छन् ।

त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका–३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन् । यता कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष तथा ८ वर्षीया बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।

सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका–७ का २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाले तीन जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung