३० बैशाख २०८१, आईतवार

 

७५ दिनपछि खुल्दा सुनको भाउ साढे १० हजारले बढ्यो

लकडाउनको अवधिमा सुनको मूल्य प्रतितोला १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ७५ दिनपछि सुनको भाउ प्रतितोला ८७ हजार ४०० रुपैयाँ निर्धारण गरेको छ ।

चैत १० गते अन्तिमपटक ७७ हजार रुपैयाँ तोकिएको थियो । त्यसै गरी चाँदीको भाउ पनि तोलामा २०५ रुपैयाँले बढेर ९ सय २५ रुपैयाँ पुगेको छ।

लकडाउनअघि चाँदीको भाउ प्रतितोला ७२० रुपैयाँ थियो ।आइतबारदेखि सुनपसल पनि आंशिक रूपमा खुल्न थालेपछि महासंघले मूल्य सार्वजनिक गरेको हो ।

कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उच्च रूपले बढेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स १ हजार ६ सय ८३ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्