
कोरोना संक्रमणबाट स्याङजाका एक ५५ वर्षीय पुरुषको निधनसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको सँख्या २५ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पश्चिमान्चल क्षेत्रीय अस्पतालको आइसीयुमा भर्ना भएका ती व्यक्तीको उपचार क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार असार ८ गते उनी अस्पताल भर्ना भएका थिए। उनलाई कोभिड १९, सिभियर निमोनिया तथा डाइबेटिज मेलिटस २ भएको र भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति निधन भएको अस्पतालले स्पष्ट पारेको छ । पश्चिमान्चल क्षेत्रीय अस्पतालमा यो दोस्रो मृत्यु हुन पुगेको छ ।
कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ७३ हजार
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ७३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ७३ हजार ७९७ पुगेको छ ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ । यता, विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संक्रमितको संख्या ९१ लाख २९ हजार १४६ जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।