६ जेष्ठ २०८१, आईतवार

 

टिकटकसहित ५९ चिनियाँ एप्स भारतमा प्रतिबन्धित

भारत सरकारले बहुप्रचलित टिकटकसहित ५९ प्रकारका चिनियाँ  एप्समा प्रतिबन्ध लगाएको छ । आईटी एक्टको धारा लागू गर्दै देशको सुरक्षाका नाममा ती एप्स प्रतिबन्ध गरेको सरकारले जनाएको छ ।

एप्सको दुरुपयोग भएको जानकारी र सुरक्षा संवेदनशिलतालाई ध्यान दिएर यस्तो निर्णय गरिएको केन्द्रिय मन्त्री रबि शंकर प्रसादले समाजिक संजाल ट्वीटरबाट यस्तो जानकारी गराएका छन् ।

प्रतिबन्धित गरिएकाएप्स मध्ये टिकटक भारतमा लोकप्रिय थियो । यस अघि पनि टिकटकमा प्रतिबन्ध लगाए पनि केही समय अदालतको आदेशबाट पछि खुला गरिएको थियो ।

गलवान घाटी प्रकरण पश्चात भारतमा चीनियाँ समान बहिस्कारको लहर चलेको छ । त्यही अवस्थाको निरन्तर स्वरुपमा ५९ एप्समा सरकारले प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्