२४ भाद्र २०८३, बुधबार

 

आन्तरिक उडानका लागि टिकटको बुकिङ सुरु

सरकारले भदौ १ देखि हवाई उडान खोल्ने निर्णय गरेसँगै आन्तरिक उडानका लागि बुकिङ सुरु भएको छ । चार महिनादेखि बन्द रहेको आन्तरिक उडान खुल्न लागेपछि विभिन्न एयरलाइन्सले गत सातादेखि टिकट बुकिङ सुरु गरेका हुन् ।

तर, विगतको तुलनामा बुकिङ गर्नेहरू निकै रहेको कम्पनीहरूले जनाएका छन् । निजी वायुसेवा कम्पनी बुद्ध, श्री, यती, सिम्रिकलगायत कम्पनीले टिकट बुकिङ खोलेका हुन् । बुद्ध एयरले अहिले अन्य समयको भन्दा कम भाडादरमा उडान गर्ने घोषणा यसअघि नै गरिसकेको छ।

विभिन्न गन्तव्यमा दैनिक १८ वटा उडान गर्ने योजना रहेको कम्पनीका प्रवक्ता रुपेश जोशीले बताए । बुद्धले विराटनगरका लागि २८ सय, पोखराका लागि दुई हजार, भैरहवाका लागि २५ सय रुपैयाँ भाडादर तोकेको छ ।

यसै गरी भद्रपुरका लागि ३५ सय र नेपालगन्जका लागि ४ हजार रुपैयाँ न्यूनतम भाडादर कायम गरिएको प्रवक्ता जोशीले बताए । निजी वायुसेवा कम्पनीबीच भएको सम्झौताअनुसार प्रत्येक गन्तव्यमा तीन घण्टासम्मको फरकमा उडान गर्ने योजना रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung