कुवेतले नेपालसहित २० मुलुकका लागि आफ्नो एयरपोर्ट खुला गरेको छ । मंगलबार कुवेतको नागरिक उड्डयन कार्यालयका महानिर्देशक अब्दुल अल राजीले अगस्ट १ देखि २० मुलुकका लागि अन्तर्राष्ट्रिय उडान खुला गरिएको जनाएका हुन् ।
कुवेतले नेपालसहित यूएई, बहराइन, ओमान, लेबनान, कतार, जोर्डन, इजिप्ट, बोस्निया एन्ड हर्जगोभिना, श्रीलंका, पाकिस्तान, इथोपिया, बेलायत, टर्की, इरान, स्विजरल्यान्ड, जर्मनी, अजरबैजन, फिलिपिन्स र भारतलाई अन्तर्राष्ट्रिय उडानका लागि एयरपोर्ट खुला गरिएको जनाएको हो ।
कोभिड–१९ लाई ध्यानमा राखी यात्रुहरूले स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने पनि महानिर्देशक राजीले बताएका छन् ।
















































































































































































