२ जेष्ठ २०८१, बुधबार

 

कोरोनाले उत्तर प्रदेशकी शिक्षामन्त्रीको मृत्यु

कोरोना संक्रमणका कारण भारतमा प्रदेश मन्त्रीको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार उत्तर प्रदेश मन्त्रिपरिषद्की मन्त्री कमलारानी वरुणको निधन भएको हो।

उनलाई गत जुलाई १८ तारिखमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि मन्त्री कमलालाई लखनउस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति दुःख व्यक्त गरेका छन्। यसै कारण उनले आइतबार अयोध्या जाने कार्यक्रमसमेत स्थगन गरेका छन्।

कमला उत्तर प्रदेश (यूपी) सरकारकी शिक्षामन्त्री थिइन्। सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो। उनी त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्