२३ बैशाख २०८१, आईतवार

 

संक्रमित थपिएपछि असनक्षेत्र साउन ३२ सम्मलाई सिल

राजधानीमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मानिसहरुको भिडभाड हुने क्षेत्र असन, भोटाहिटी र महाबौद्ध सिल गरिएको छ । साउन ३२ गतेसम्मका लागि उक्त क्षेत्र सिल गरिएको हो ।

अहिले त्यहाँका पसलहरू बन्द गरिएका छन् । त्यस्तै संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान तथा संक्रमित पत्ता लगाउन स्वास्थ्य परीक्षण गरिँदै छ ।

संक्रमितको संख्या बढ्दै जाँदा सरकारले पछिल्लो समय पूरै क्षेत्रलाई लकडाउनको साटो सम्बन्धित क्षेत्र ‘सटडाउन’ गरेर परीक्षणको दायरा बढाउने रणनीति अख्तियार गरेको छ ।

तस्वीर : नाजिया श्रेष्ठ, क्यापिटलनेपालबाट

प्रतिक्रिया दिनुहोस्