१५ बैशाख २०८१, शनिबार

 

एनसेलको नाम अब ‘एनसेल आजियाटा’

एनसेल कम्पनीले नाम परिवर्तन गरी एनसेल आजियाटा लिमिटेड बनाएको छ ।नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कम्पनी रजिस्ट्रारको कार्यालयको साउन १९ गतेको निर्णय बमोजिम नाम परिवर्तन गराएको कम्पनीले जनाएको छ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक एनसेलले कम्पनी पब्लिकमा रूपान्तरण भएसँगै नाम परिवर्तन गरेको हो । यससँगै अब सम्पूर्ण काम एनसेल आजियाटा लिमिटेडबाट हुने कम्पनीले जनाएको छ ।

पब्लिक कम्पनीका रूपमा रुपान्तरण भएसँगै अब एनसेललाई सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्