६ जेष्ठ २०८१, आईतवार

 

८३८ संक्रमित थपिए, थप ११ को मृत्यु, मृतकको संख्या १ सय ३७ पुग्यो

शुक्रबार थप ८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा त्यति संक्रमित थपिएका हुन्। थपिएका संक्रमितमा ५४६ पुरुष छन् भने २ सय ९२ महिला छन्।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको गौतमले बताए। त्यस्तै विगत २४ घण्टामा २५० जना कोरोना निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ। विगत २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म कोरोनाले १३७ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्