३१ बैशाख २०८२, बुधबार

 

कोरोनासँगै ज्वरो आएपछि कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

कोरोना संक्रमणसँगै ज्वरो आएपछि नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला ओम अस्पताल भर्ना भएका छन् । आईसीयूमा राखेर उपचार गरिएका उनको ज्वरो नियन्त्रणमा आइसकेको अस्पतालले जनाएको छ ।

कोइरालाको अवस्था सामान्य हुँदै गएको ओम अस्पतालका मेडिकल डाइरेक्टर डा विश्वनाथ कोइरालाले बताए । ‘उहाँ स्टेबल हुनुहुन्छ । डराइहाल्नुपर्ने स्थिति छैन । अक्सिजन मेन्टेन भएको छ । ज्वरो नियन्त्रणमा आएको छ,’ उनले भने ।

भीआईपी व्यक्ति भएकाले उपचार गर्न र भिडभाडबाट जोगाउन सजिलो होस् भनेर मात्र आईसीयूमा राखिएको पनि कोइरालाले जानकारी दिए ।

महामन्त्री कोइरालालाई गत भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भए पनि लक्षण नदेखिपछि उनी होम आइसोलेसनमा बसेका थिए । ज्वरो आएपछि कोइरालालाई मंगलबार राति अस्पताल लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung