४ श्रावण २०८३, सोमबार

 

सुनको मूल्य घट्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ । मंगलबार एक हजार सात रुपैयाँले घटेको सुनको मूल्य बुधबार घटेर ९४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार मंगलबार ९५ हजार पाँच सयमा कारोबार भएको थियो। त्यस्तै, तेजाबी सुनको मूल्य पनि एक हजार दुई सय रुपैयाँले घटेको छ ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार आठ सयमा कारोबार भइरहेको छ। मंगलबार ९५ हजारमा कारोबार भएको थियो। यसैगरि चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेको छ। प्रतितोला एक हजार एक सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung