२१ बैशाख २०८१, शुक्रबार

 

सुनको मूल्य आज पनि घट्यो

नेपाली बजारमा केही दिनयता सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारदेखि सुनको मूल्यमा निरन्तर गिरावट आएको हो । सोमबार प्रतितोला ९७ हजार दुई सयमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार प्रतितोला एक हजार सात सय, बुधबार एक हजार २ सय र बिहीबार प्रतितोला एक हजार २ सयले घटेको छ ।

महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार एक सय र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार छ सय तोकेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला ७० ले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १२० तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्