७ जेष्ठ २०८१, सोमबार

 

भिभोले ल्यायाे ५ हजार एमएएच ब्याट्रीसहितको वाई–२०, कति पर्छ मूल्य ?

भिभोले नेपाली बजारमा नयाँ स्मार्टफोन भिभो वाई ट्वान्टी उपलब्ध गराएको छ । भिभोले दराज मार्फत भिभो वाई ट्वान्टी स्मार्टफोन नेपालमा उपलब्ध गराएको हो ।

५ हजार एमएएचको ब्याट्री रहेको यस फोनमा स्न्याड्रयाग्न ४६० प्रोसेसर राखिएकोछ । कम्पनिका अनुसार भिभो वाई ट्वान्टीमा पावर सेभिङ प्रविधि प्रयोग गरिएको छ । यसले रिभर्स चार्जिङलाई समेत सपोर्ट गर्छ ।

भिभो वाई ट्वान्टीमा ३ जीबी र्‍याम तथा ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ । यसको इन्टरनल स्टोरेजलाई २५६ जीबीसम्म बढाउन सकिन्छ । फोनमा ट्रिपल रियर क्यामेरा उपलब्ध छन् । जसमा १३ मेगापिक्सेल प्राइमरी लेन्स, २ मेगापिक्सेल डेप्थ सेन्सर र २ मेगापिक्सेल म्याक्रो क्यामेरा छन् । त्यस्तै फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

युवापुस्तालाई लक्षित गरिएको भिभोको वाई सिरिज यसको नवीनप्रविधि र सुरुचिपूर्ण डिजाईनका लागी प्रख्यात छ । जसले प्रविधि प्रेमी युवाहरुको दिनहुँ जीवनलाई समर्थन गर्दछ ।

यो फोन ओबसिडियन ब्ल्याक् र नेबुला ब्लु रङ्गमा उपब्ध रहेको छ । प्रयोगकर्ताहरुलाई सहजताप्रदानगर्ने साईड माउन्टेड फिन्गरप्रिन्ट स्क्यानर फिचर रहेको छ जसले फोन अनलकगर्ने अनुभनलाई थप सहज बनाउँछ । थप सुरक्षाकालागी, प्रयोगकर्ताहरुले फिन्गरप्रिन्ट सेन्सर र मोडर्न फेस अनलकफिचर प्रयोग गर्न सक्छन् ।

लामो टिकाउ ब्याट्रि र प्रयोगकर्ताको आँखाको सुरक्षालाई ध्यानमा राख्दै तयार गरिएको स्क्रिनले चलचित्र हेर्ने र हाई डेफिनिसन गेमहरु खेल्ने अनुभवलाई पूर्णताप्रदान गर्छ ।

उक्तफोनमा अल्ट्रा–गेम मोड पनि रहेको छ जसले अविरल र रमाईलो गेमिङ अनुभव सुनिश्चितगर्नको लागि सुविधा प्रदान गर्दछ ।

यसमा ६.५१ इन्चको हालो फूल एचडी डिस्प्ले उपलब्ध रहेको छ । प्रयोगकर्ताहरुलाई यसले एचडि रेजुलेसनसहित सांसारिक मनोरञ्जनको अनुभवमा मोहित रहनको लागि सहयोग प्रदान गर्दछ ।

आधुनिक इनसेल टेक्नोलोजीको साथमा यसबाट चारैतिर देखिने दृश्य पहिलेको भन्दा अत्याधिक ठुलो रहेको छ भने डिस्प्ले अझै कलरफुल रहेको छ ।

आफुलाई मनपर्ने भिडियो र खेलहरुको अन्तरक्रियामा क्यापासिटिभ बहु टच स्क्रिनले सहज बनउन मदत गर्दछ । यसमा रहेको आँखाको सुरक्षा प्रणालीले हानिकारक निलो प्रकाशलाई फिल्टर गरी दिनभर आँखालाई बचावट गर्दछ ।
भिभो वाई २० सेप्टेम्बर २५ बाट आकर्षक मूल्य २० हजार ९९० रुपैयाँमा उपलब्ध हुनेछ । भने बजारमा भने स्मार्ट फोन २ अक्टोबरबाट उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्