२० बैशाख २०८१, बिहीबार

 

सुनको मूल्य घट्यो, तोलाकाे कति ?

साताको पहिलो दिन आइतबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो हप्ता लगातार ३ दिन घटेको सुनको मूल्य शुक्रबार ८ सयले बढेको थियो । मंगलबार १७ सयले घटेको सुन बुधबार १२ सयले घटेको थियो । विहिबार पनि सुन १२ सयले घटेको थियो ।

चाँदीको मूल्य पनि आइतबार प्रतितोला १० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार एक सय पचासमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्