७ जेष्ठ २०८१, सोमबार

 

स्मार्ट टेलिकमलाई नवीकरण दस्तुर तिर्न फागुन मसान्तसम्मको म्याद

सरकारले स्मार्ट टेलिकमलाई नवीकरण दस्तुर तिर्न अन्तिमपटक फागुन मसान्तसम्म म्याद थप गरिदिएको छ । नवीकरण दस्तुर तिर्न आनाकानी गरिरहेको स्मार्टले कोरोना महामारी र निषेधाज्ञालाई कारण देखाउँदै देखाउँदै म्याद थपका लागि सञ्चार मन्त्रालयमा निवेदन दिएको थियो ।

आठौं नवीकरण किस्ताबापत सरकारलाई स्मार्टले १ अर्ब २५ करोड रुपैयाँ तिर्न बाँकी छ ।लकडाउनको अवधिमा बैंकले ऋण दिन सक्ने अवस्था नरहेको भन्दै स्मार्टले आधारभूत टेलिफोन सेवाको अनुमतिपत्रको नवीकरण दस्तुरको समय लम्ब्याउन सरकारलाई आग्रह गरेको थियो ।

स्मार्ट टेलिकमले गत वर्ष चैत मसान्तभित्रै भुक्तानी गर्नुपर्ने भए पनि पटक–पटक म्याद थप्दै आएको छ । आठौं किस्ताका लागि यसअघि दुईपटक म्याद थप गरिसकेको छ ।

मन्त्रिपरिषद् बैठकले स्मार्टलाई फागुन मसान्तसम्म बक्यौता नतिरे सरकारको अधीनमा लिने गरी काम अघि बढाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद् बैठकले दिएको ३ बुँदे निर्देशनबारे असोज ७ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्