४ श्रावण २०८३, सोमबार

 

विद्युत् प्राधिकरणको प्रवक्तामा तिम्सिना

नेपाल विद्युत् प्राधिकरणले उपकार्यकारी निर्देशक मदन तिम्सिनालाई प्रवक्ताको जिम्मेवारी दिएको छ । तिम्सिना उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हुन् ।

विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारी प्रवक्ताको जिम्मेवारीबाट हटेपछि तिम्सिनालाई नियुक्त गरिएको हो । कुलमान घिसिङ कार्यकारी निर्देशक रहँदा अधिकारीलाई प्राधिकरणको प्रवक्ता तोकिएको थियो । घिसिङको कार्यकाल सकिएपछि अधिकारी पनि प्रवक्ताको जिम्मेवारीबाट हटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung