५ जेष्ठ २०८१, शनिबार

 

रोटरी क्लबद्वारा ट्राफिक र पत्रकारलाई स्वास्थ्य सामग्री

सामाजिक र परोपकारी कार्यमा क्रियाशिलल रोटरी क्लब अफ बागलुङले कोरोना कहरका बीच फ्रन्टलाइनमा खटिरहेका पत्रकार र प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

क्लबले नेपाल पत्रकार महासंघ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मास्क र सेनिटाइजर सहयोग गरेको हो । संस्थाका अध्यक्ष दयाराम पौडेल, पूर्व अध्यक्ष दुर्गादत्त आचार्य र ओमप्रकाश पौडेलले पत्रकार महासंघका अध्यक्ष दिल शिरीष र ट्राफिक प्रहरी कार्यालयका बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

दुवै संस्थालाई ५ सय मास्क र केही थान सेनिटाइजर हस्तान्तरण गरेको रोटर क्लबका अध्यक्ष दयाराम पौडेलले जानकारी दिए । क्लबले ढोरपाटन बाढी पीडित, निसीखोलाका पहिरो पीडितलाई पनि राहत हस्तान्तरण गरिसकिएको र अब जैमिनीका पहिरो पीडितलाई पनि सहयोग प्रदान गर्ने तयारीमा रहेको जानकारी दिए ।

संस्थाका सह-सचिव नारायण गौतमले आफ्नै कालीगण्डकी अफसेटमा नयाँ प्रविधि भित्राएर तयार गरेको मास्क र क्लबले किनेको सेनिटाइजर हस्तान्तरण गरिएको क्लबका सचिव रामकृष्ण शर्माले जानकारी दिए ।

कार्यक्रममा महासंघका अध्यक्ष दिल शिरीष,ट्राफिक प्रहरी प्रमुख शिव पाठकले क्लबको अग्रभागमा खटिइरहेको अवस्थामा देखाएको सद्भाव र सदासयताले कार्यक्षेत्रमा खटिन सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्