३ श्रावण २०८३, आईतवार

 

बिमा बजारमा नेपाल लाइफ अग्रस्थानमै

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाली बिमाक्षेत्रमा आफ्नो अग्रस्थान कायमै राखेको छ । कम्पनीले जीवन बिमाको प्रिमियम शुल्कबापत १ अर्ब ३८ करोड रुपैयाँ संकलन गरेको छ । जुन प्रतिस्पर्धी अन्य बिमा कम्पनीको भन्दा धेरै बढी हो ।

बिमाशुल्क संकलनमा दोस्रो स्थानमा रहेको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल लाइफभन्दा निकै पछाडि छ । युनियन लाइफले ४७ करोड रुपैयाँ मात्रै प्रथम बिमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उक्त संकलन ४३ करोड रुपैयाँ मात्र छ ।

जीवन बिमा बजारमा नेपाल लाइफको प्रभाव पहिल्यैदेखि रहे पनि युनियन लाइफ भर्खरै प्रवेश गरेको हो । तैपनि दोस्रो नम्बर आउनुले उसले बजार विस्तार आक्रामक बनाएको देखिन्छ । तेस्रो नम्बरमा रहेको नेसनल लाइफ पुरानै कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung