७ जेष्ठ २०८१, सोमबार

 

२२ घण्टा ब्याट्री टिक्ने ल्यापटप नेपालमा, मूल्य कति ?

नागमणी इन्टरनेशनल प्रालिले असुसका दुई नयाँ ल्यापटप जेनबुक थर्टिन (युएक्स ३२५) र जेनबुक फोर्टिन (युएक्स ४२५) नेपाली बजारमा सार्वजनिक गरेको छ । असुसका यी दुवै ल्यापटपहरु आफ्ना पूर्ववर्ती ल्यापटपहरुको तुलनामा निकै हलुको र पातला छन् ।

यी ल्यापटपहरुमा कम्प्याक्ट फोर साइड नानो एज डिस्प्ले छ । जसले ९० प्रतिशत स्क्रिन टु बडी रेसियो प्रदान गर्दछ । साथै यसले प्रयोगकर्ताहरुलाई इमर्सिभ भिजुअल अनुभव प्रदान गर्दछ ।

दुवै ल्यापटपमा असुस नम्बर प्याड २.० का साथै २२ घण्टाको ब्याट्री लाइफ र नयाँ एज टु एज किबोर्ड डिजाइन छ । असुस जेनबुकमा भएको आईआर क्यामेराको कारण यसको फेस रिकग्निसले एकदमै छिटो काम गर्छ ।

२ अक्टोबरदेखि देशभरका कम्प्युटर स्टोर तथा नागमणीको वेबसाइटमा यी ल्यापटपहरु उपलब्ध हुनेछन् । नेपालमा जेनबुक थर्टिनको मुल्य १ लाख ३२ हजार २२२ रुपैयाँ र जेनबुक फोर्टिनको मुल्य एक लाख २७ हजार ७७७ रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्