२३ बैशाख २०८१, आईतवार

 

शनिबार थपिए २,१२० कोरोना संक्रमित, कुन जिल्लामा कति ?

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा एक हजार एक सय ७७ गरी देशभर २ हजार १ सय २० जना संक्रमित थपिएको बताए ।

शनिबार पनि सबैभन्दा बढी काठमाडौंमा १ हजार १ जना संक्रमित भएका छन् । त्यस्तै बढी संक्रमित हुने जिल्लाहरुमा सुनसरीमा १२२, मोरङमा १११, ललितपुरमा १०९, रुपन्देहीमा ९८, कैलालीमा ९३, रौतहटमा ८२ र चितवनमा ७५ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ । प्रवक्ता गौतमका अनुसार नेपालमा आज सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ । पछिल्लो २४ घण्टामा २०४४ जना निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार गत २४ घण्टामा दुई महिलासहित थप ८ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति ?

प्रतिक्रिया दिनुहोस्