७ जेष्ठ २०८१, सोमबार

 

सामसुङमा दशैं अफर : विजेतालाई कार, बाइक र नोट–२०

सामसुङ कम्पनीले दशैंको अवसरमा ‘बडा दशैं बिग, धमाका’ अफर सार्वजनिक गरेको छ । सामसुङको कुनैपनि स्मार्टफोन तथा ट्याब खरिद गर्ने ग्राहकहरु यो अफरमा सहभागी हुन सक्नेछन् ।

धमाकामा सामेल हुने ग्राहकहरुलाई सामसङले साप्ताहिक एवं बम्पर लक्की ड्रको व्यवस्था गरेको छ । यो अफर अन्तर्गत १ जना विजेतालाई बम्पर बिग धमाका लक्की ड्र मार्फत् रेनल्ट डस्टर तथा तथा साप्ताहिक बिग धमाका लक्की ड्र मार्फत् ५ जना विजेताहरुले होण्डा हर्नेट १६० आर तथा १० जना विजेताहरुले ग्यालेक्सी नोट ट्वान्टी जित्न सक्नेछन् ।

बम्पर उपहार स्वरुप राखिएका पुरस्कारहरु कार, मोटरसाइकल तथा स्प्मार्टफोन उपहार प्रदान गरीने कम्पनीले स्पष्ट पारेको छ ।

अहिलेको परिस्थितिलाई मध्यजनर गर्दै सामसुङले उत्सवको मनस्थिति एवम् उत्साहलाई अभिवृद्धि गर्न मोबाइल बजारमा यो धमाका अफर सार्वजनिक गरेको हो । साप्ताहिक लक्की ड्र तथा बम्पर लक्की ड्रको घोषणा सामसङको आधिकारिक फेसबुक पेज मार्फत् हुनेछ ।

अफर यहि असोज १६ गतेदेखि मंसिर २ गते सम्म लागु हुनेछ ।
यो योजना नेपालभर रहेका सामसङ मोबाइलका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि तथा आईएमएस प्रालि अन्तगर्तका सामसङ ब्राण्ड शप तथा रिटेलहरु मार्फत् गरिएको खरिदमा मात्र लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्