२३ बैशाख २०८१, आईतवार

 

बागलुङमा थप १५ जनामा कोरोना संक्रमण

बागलुङमा थप १५ जना कोरोना संक्रमण देखिएको छ । आइतबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षमा बागलुङका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार संक्रमितमध्ये १३ जना बागलुङस्थित २३ नम्बर बाहिनीमा कार्यरत नेपाली सेना हुन् ।

यस्तै, बागलुङ नगरपालिका –७ का एक पुरुष भारतबाट  र १ का एक जना पुरूष स्थानीय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्