अमेरिकाले कम्युनिष्ट पार्टीको सदस्यलाई स्थायी बसोबास अनुमति पीआर र नागरिकता नदिने भएको छ । यूएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस)ले शुक्रबार सो सम्बन्धी नीति घोषणा गरेको हो।
‘सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुनेछ,’ यूएससीआईएसले भनेको छ।
अमेरिकाले अबदेखि कम्युनिष्ट पार्टीको सदस्यलाई पीआर नदिने गरी एक नीति नै सार्वजनिक गरेको हो ।
यूएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस) ले शुक्रबार घोषणा गरेको यस सम्बन्धी नीति अनुसार सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुने प्रष्ट पारिएको छ ।
अमेरिकाले सार्वजनिक गरेको पछिल्लो नीति खासगरी चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यप्रति लक्षित रहेको विश्लेषण भइरहेको छ ।
यसअघि सन् १९५० मा पनि शीतयुद्धका क्रममा अमेरिकाले यस्तै नीति अगाडी सारेको थियो ।

















































































































































































