७ जेष्ठ २०८१, सोमबार

 

ओप्पो एफ–१७ प्राे : नछोइकनै फोन ‘रिसिभ’, ५ मिनेट चार्ज गरे ४ घण्टा ढुक्क

ओप्पोले नयाँ स्मार्टफोन ओप्पो एफ-१७ प्रो नेपाली बजारमा सार्वजनिक गरेका छ । चीनियाँ ब्राण्ड ओप्पो एफ–१७ नयाँ डिजाइनका साथ सार्वजनिक गरिएको हो । मोबाइलमा एआईमा आधारित ६ ओटो पोट्रेट क्यामेरा रहेको कम्पनीले उल्लेख गरेको छ ।

‘एफ सिरिजको डिजाइन नयाँ पुस्तालाई लक्षित गर्दै गरिएको छ,’ ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नेपाली उपभोक्ता माथि गरिएको अध्ययनका आधारमा एफ-१७ प्रोको डिजाइन तयार पारिएको हो ।’

उनले अगाडि भने, ‘यसमार्फत प्रयोगकर्ताले उत्कृष्ट पोट्रेट फोटोको अनुभव लिन सक्नेछन् । त्यसका लागि फोनमा एआईमा आधारित ६ ओटा पोट्रेट क्यामेरा रहेको छ । साथै फोनमा भोक फ्ल्याश चार्जिङ सिस्टम प्रदान गरिएको छ । जसले प्रयोगकर्ताको अपेक्षालाई पुरा गर्नेछ ।’

एफ-१७ प्रो मा एआईमा आधारित ६ ओटा पोट्रेट क्यामेरा रहेको छ । जसले प्रयोगकतालाई पोट्रेट फोटोग्राफीका लागि सहजता प्रदान गर्नेछ । साथै भिडियो स्टेबलाइजेशन फिचर्सपनि उपलब्ध रहेको छ ।

मोबाइलमा दुई ओटा सेल्फी क्यामेरा रहेको छ । जसले बोके इफेक्ट समेत प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा एआई पोट्रेट कलर प्रदान गरिएको छ । जसले ब्याकग्राउण्ड कलरलाई ब्ल्याक एण्ड ह्वाइट मार्फत म्यूट गराई तस्विरमा रहेका ब्यक्ति वा विषयको वास्तविक रंग प्रदान गर्ने कम्पनीको दावी छ ।

एन्ड्रोइड इलाभनेमा आधारित कलर ओएसमा चल्ने एफ–१७ प्रोमा मिडियाटेक हेलियो पी९५ एआई चिपसेट प्रयोग गरिएको छ । ८ जीबी र्‍याम र १२८ जीबी रोम रहेको मोबाइलमा एयर जेस्चर प्रविधिको प्रयोग गरिएको छ । जसको सहायताले फोनको स्क्रिनमा नछोइकनै पनि २० देखि ५० सेन्टिमिटर सम्मको दूरीबाट इशारामार्फत कल उठाउन सकिने छ ।

फोनमा ३० वाट भोक फ्ल्याश चार्ज ४.० र्‍यापिड चार्ज प्रविधि प्रयोग गरिएको छ । जसमार्फत ५ मिनेट फोन चार्ज गर्दा ४ घण्टा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फोन जम्मा ३५ मिनेटमा फुल चार्ज हुनेछ ।

नेपाली बजारमा ओपो एफ१७ प्रो अक्टोबर १ देखि उपलब्ध हुनेछ । म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दुई भिन्न रंगमा सार्वजनिक हुने मोबाइलको बजार मूल्य ४३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्