३ श्रावण २०८३, आईतवार

 

‘आइएमई पे’ एप डाउनलोड गर्नेको संख्या १० लाख बढी, ‘लक्की ड्र’मार्फत उपहार

आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीको संख्या १० लाखभन्दा बढीपुगेको छ । यससहित एप डाउनलोड गरेर आफैं वा एजेन्टको सहयोगमा आईएमई पेबाट ३० लाखभन्दा बढी सेवाग्राही लाभान्वितहुँदै आएको छ ।

डाउनलोड १० लाख पुगेको अवसरमा ‘आईएमई पे’बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत उपहारस्वरूप प्रदान गरिनेछ ।

विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीतिअनुरूप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको छ ।

कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आईएमई डिजिटल सोलुसन लिमिटेडकाअध्यक्ष हेमराज ढकाल बताउँछन् ।

नेपालमा भर्खरै विकास हुँदै आएको डिजिटल कारोबार अहिले समयको माग हो । एपमार्फत प्राप्त गर्न सकिने सेवालाई विविधिकरण गर्दै सेवाग्राहीको माग अनुरूपका सेवा थप गर्ने कार्यमा कम्पनी निरन्तर अघि बढिरहेको छ । पछिल्लो समयमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण सामाजिक सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै रेमिट्यान्सलगायतका थुप्रैसेवासेवाग्राहीको पहुँचमा पु¥याउन र एपमार्फत सुरक्षित तरिकाले सेवा उपभोग गर्न प्रोत्साहित गर्न ‘आईएमई पे’ले आक्रामक रूपमा बजार विस्तार गर्दै आइरहेको छ ।

कम्पनीब्रान्ड, सन्तुष्ट सेवाग्राही, समयसमयमा ल्याइने सेवाग्राहीमुखी अफर र स्वदेश तथा विदेशमा विद्यमान व्यापक व्यावसायिक सञ्जालको सुविधाले पनि ‘आईएमई पे’ले डिजिटल वित्तीय सेवामा आफ्नो अब्बल उपस्थिति जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung