४ श्रावण २०८३, सोमबार

 

जनरल इन्स्योरेन्सको सेयर बाँडफाँट, सवा ५ लाखको हात खाली

आइतबार प्री–अलोटमेन्ट भएको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयरको मंगलबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले साढे १० बजे फेसबुकमार्फत सेयर बाँडफाँट गरेको हो ।

क्यापिटलले २ लाख ७३ हजार जनालाई गोलप्रथाद्धारा १० कित्ताको दरले सेयर बाँडफाँट गरेको छ । कम्पनीको आइपीओमा ७ लाख ९६ हजार ७३४ जनाले २ करोड १४ लाख ३९ हजार ३७० कित्ता आवेदन परेको थियो । जसमध्ये ४८ लाख ६४० कित्ता आवेदन रद्द भएको छ ।

बाँकी रहेका ७ लाख ९४ हजार ५४६ जनामध्ये २ लाख ७३ हजारले मात्र १० कित्ताको दरले सेयर पाएका छन्। ५ लाख २१ हजार ५ सय ४६ जनाको हात खाली भएको छ।

कम्पनीले असोज १ गतेदेखि १४ गतेसम्म सर्वसाधारणलाई २७ लाख ३० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो।

कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता सेयर कर्मचारीका लागि १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको लागी छुट्याइएको थियो। बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung