६ जेष्ठ २०८१, आईतवार

 

प्रदीप र कृष्टिना प्रभु बैंकका ब्रान्ड एम्बासडर

प्रभु बैंक लिमिटेडले कलाकारद्वय प्रदीप खड्का र कृष्टिना गुरुङलाई एक वर्षका लागि ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सोमबार बैंकको मुख्य कार्यालय अनामनगरमा उनीहरूसँग यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कलाकार खड्का र गुरुङसँगको सहकार्यमा बैंकको व्यावसायिक प्रवर्धनमा सहयोग पुग्ने र उपभोक्ताहरूले बैंकका सम्बन्धमा सही जानकारी पाउने शेरचनले बताए । प्रभु बैंकले लामो समयदेखि विभिन्न कलाकारलाई ब्रान्ड एम्बासडर बनाएर बैंकिङ सचेतनाको कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्