सेयर बजार बुधबार १४.६८ अंकले बढ्दा नेप्से परिसूचक बढेर १६ सय विन्दुमा पुगेको छ ।३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँबराबरको १ करोड २६ लाख ९९ हजार ५ सय ३५ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
पछिल्लो समय जलविद्युत्मा लगानीकर्ता झुम्मिएका छन् । अरुणकाबेली पावर कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ । अरुण–काबेलीको २६७ मा १५ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २६७ मा १३ करोड ५१ लाख र सानिमा माई हाइड्रोपावर लिमिटेडको ३४० मा ११ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार बढी कारोबार हुने १० मध्ये ९ कम्पनी जलविद्युत्का छन् । उत्पादन र लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने घटेको छ । बैंक तथा वित्तीय संस्था, बिमा, म्युचुअल फन्ड, होटल र जलविद्युत् परिसूचक बढेको छ । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडका लगानीकर्ता कमाउनेमा परेका छन् ।













































































































































































































