२० बैशाख २०८१, बिहीबार

 

बिहीबार पनि घट्यो सुनको मूल्य

बिहीबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई सय रुपैयाँले घटेको सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन तोलामा ८ सय रुपैयाँले गिरावट भई प्रतितोला ९४ हजार एक रुपैयाँमा खरिदबिक्री भएको थियो । केहि दिन यता सुनचाँदीको भाउमा सामान्य उतारचढाव देखिएको छ । चाँदीको मूल्य भने बिहीबार सामान्य वृद्धि भएको छ । यसदिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला १ हजार एक सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्