५ जेष्ठ २०८१, शनिबार

 

बागलुङमा थप १२ जनामा कोरोना संक्रमण

बागलुङमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार संक्रमित हुनेमा गलकोट नगरपालिका वडा नम्बर ३ का १ जना, वडा नम्बर ५ का ५ जना पुरुष, वडा नम्बर ६ का १ पुरुष छन् भने वडा नखुलेका १ महिला र २ पुरुष छन् ।

त्यस्तै वडा नखुलेका ६० वर्षीया एक महिला, २५ र २७ वर्षका दुई पुरुष रहेको बताइएको छ ।

यो सँगै बागलुमा कोरोना संक्रमितको संख्या ४७७ पुगेको छ । जसमा ३६१ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्