
ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर ३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी रुपेश खड्काका अनुसार वडाध्यक्ष मध्यरातमा रक्सीले मातेर स्थानीय महिलाको ओछ्यानमा पुगेपछि पीडित महिलाले प्रहरीमा उजुरी दिएकी छन् ।
करणीको जाहेरी आएपछि हामीले वडाध्यक्ष राईलाई नियन्त्रणमा लिएका छौँ, उनले भने, ‘अदालतमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।’
अध्यक्ष राईले चार दिन अघि मादक पदार्थ सेवन गरेर महिलाकै घरैमा गई यौन दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ । घटना स्थानीयस्तरमा मिलाउने प्रयास गरिए पनि पीडित महिला प्रहरीमा पुगेपछि वडाध्यक्ष पक्राउ परेका हुन् ।