४ श्रावण २०८३, सोमबार

 

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ कति जनाले पाउँदैछन् ?

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ भर्नेहरुको अन्तिम तथ्यांक आएको छ । यसमा कुल १ अर्ब ९० करोड ९१ लाख ८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार ८ लाख ८८ हजार ७०६ जनाले १ करोड ९० लाख ९१ हजार ८० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ७ गुणा बढी हो । आवेदन दिनेको संख्या पनि सम्भवतः अहिलेसम्मकै धेरै हो । बिक्री प्रबन्धकका अनुसार यो अन्तिम तथ्यांक हो । तर कतिपय आवेदनमा त्रुटी भेटिएकाले भेरिफाई गरेपछि भने सामान्य परिवर्तन हुन भने सक्नेछ ।

अहिलेको तथ्यांक अनुसार (भेरिफाईपछि आवेदक संख्या केही परिवर्तन हुन सक्ने) यो आइपीओमा २ लाख ७३ हजार जना आवेदकले मात्र १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । २ लाख ७३ हजार जनालाई १० कित्ताका दरले सेयर वितरण गर्दा सर्वसाधाणको लागि बिक्री खुला गरिएको २७ लाख ३० हजार कित्ता सेयर समाप्त हुनेछ । यसमा, कुल आवेदकको संख्या ८ लाख ८८ हजार ७०६ जना रहेको बिक्री प्रबन्धकले जानकारी दिएको छ । यसआधारमा अहिलेको मोटामोटी तथ्यांक अनुसार ६ लाख १५ हजार ७०६ जनाको हात खाली हुनेछ ।

कम्पनीले असोज २१ गतेबाट १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको थियो । त्यस्तै, ५५ अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको थियो । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था अर्थात् औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung