
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको १ करोड कित्ता सेयर नेप्सेमा कारोबारका लागि सूचीकरण भएको छ । नेप्से र जनरलबीच सेयर सूचीकरण सम्झौता भएको हो । सम्झौतापत्रमा नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउद र जनरलका महाप्रबन्धक एस्के तमोटले हस्ताक्षर गरेका छन् । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० कित्ता साधारण र ७० करोड रुपैयाँ बराबरको संस्थापक सेयर सूचीकरण गरेको छ ।
कम्पनीको आईपीओ असोज ११ देखि असोज १४ सम्म खुला गरी २० गते मंगलबार बाँडफाँड गरिएको थियो । कम्पनीको मंगलबारदेखि दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ । जनरलले पहिलो कारोबारका लागि न्यूनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसा ओपनिङ रेन्ज प्राप्त गरेको छ । यसअनुसार जनरलको आईपीओ पहिलो कारोबारका लागि अधिकतम ३०५ रुपैयाँमा कारोबार खुल्नेछ ।