२७ बैशाख २०८१, बिहीबार

 

एप्पलले सार्वजनिक गर्यो आइफोन–१२ का चार मोडेल, मूल्य कति ?

अमेरिकी टेक जायन्ट एप्पलले मंगलबार अबेर आईफोन ट्वेल्भ सिरिजका चार मोडेल सार्वजनिक गरेको छ ।

यसअन्तर्गत कम्पनीले आईफोन ट्वेल्भ, आईफोन ट्वेल्भ मिनी, आईफोन ट्वेल्भ प्रो र आईफोन ट्वेल्भ प्रो म्याक्स सार्वजनिक गरेको हो । यी आईफोनका मूल्य स्टोरेज क्षमता अनुसार बढ्ने जनाइएको छ । आईफोन ट्वेल्भ ६४, १२८, २५६ जीबी स्टोरेज अप्सनमा उपलब्ध छ । यसको मूल्य ७९९ अमेरिकी डलर अर्थात् ९४ हजार २६० रूपैयाँदेखि सुरू हुने भएको छ ।

त्यस्तै आईफोन ट्वेल्भ मिनी ६४, १२८ तथा २५६ जीबी स्टोरेज अप्सनमा उपलब्ध छ । यसको मूल्य ६९९ डलर अर्थात् ८२ हजार ४६० नेपाली रूपैयाँदेखि सुरू हुनेछ ।

एप्पलले मंगलबार नै सार्वजनिक गरेको आईफोन ट्वेल्भ प्रोमा १२८, २५६ र ५१२ जीबी स्टोरेजको अप्सन छ । यो आईफोनको मूल्य ९९९ अमेरिकी डलर अर्थात् एक लाख १७ हजार ८४० नेपाली रूपैयादेखि सुरू हुनेछ ।

त्यस्तै आईफोन ट्वेल्भ प्रो म्याक्स पनि १२८, २५६ र ५१२ जीबी स्टोरेज अप्सनमै उपलब्ध छ । यसको मूल्य १०९९ डलर अर्थात् एक लाख २९ हजार ६४० नेपाली रुपैयाँदेखि सुरु हुनेछ । शुक्रबारदेखि यी आईफोनको प्रिअर्डर गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले मंगलबार नै होमपोड मिनी स्पिकर पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्