२७ बैशाख २०८१, बिहीबार

 

मेरो ब्राण्ड अनलाइन सपिङ्ग बजारमा, दसैंमा सामान किन्नेलाई छुट

नेपाली इ–कमर्स बजारमा मेरो ब्राण्ड डट कमले आफ्नो कोरोबार शुरु गरेको छ । अनलाइन सपिङ्गको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले मेरो ब्राण्ड अनलाइन सपिङ्गले आफ्नो उपस्थिती जनाएको कम्पनीले दाबी गरेको छ ।

निकै लामो गृहकार्य पश्चात मेरो ब्राण्ड डट कम ले बजारमा उपस्थिती जनाएको कम्पनीको सिईओ राजकुमार विष्टले बताए । बजारमा उपभोक्ताहरुले आफूले खोजेको ब्राण्ड न्यूनतम मूल्यमा उपलब्ध गराउने कम्पनीको योजना छ । काठमाडौं उपत्यकामा १ दिनमै सामान डेलिभरी गराउने कम्पनीले जनाएको छ । अनलाइन सपिङ्ग गर्दा उपभोक्ताले सोचेकै गुणस्तरिय सामाग्री उपलब्ध गराउने र त्यसबाट अनलाइन सपिङ्गप्रति आम उपभोक्ताको विश्वसनियता बढाउन ‘रोल मोडल’ बन्ने कम्पनीको लक्ष्य रहेको छ ।

आम उपभोक्ताले मेरो ब्राण्ड डट कम मा लग इन गरी आफूले चाहेको वस्तु खरिद गर्न सक्नेछन् । उपभोक्ताले वस्तु खरिद गर्दा क्यास अनडेलीभरी अनलाइन ट्रान्सफर वा भिसा कार्डबाट पनि रकम तिर्न सकिने व्यवस्था गरिएको छ । ‘मेरो ब्राण्ड तपाईंको, आफ्नै ब्राण्ड’ भन्ने नाराका साथ शुरु गरेको मेरो ब्राण्ड अनलाइन सपिङ्गले उपभोक्तालाई अपनत्व कायम गराउने कम्पनीको दाबी छ ।

दसैंको घटस्थापनाको विशेष अवसरमा शरु गरिएको मेरो ब्राण्ड डट कम मार्फत खरिद गर्दा सामग्रीहरुमा दोहोरो छुट तथा अफरको सुविधाहरु उपलब्ध भएको कम्पनीले जनाएको छ । अर्डर पश्चात सर्वसुलभ भुक्तानी तथा छिटो भन्दा छिटोहोम डेलीभरीको सुविधासमेत उपलब्ध गराउने कम्पनीको योजना रहेको छ । मगाएको सामान आफूले भने बमोजिम नभएमा ७ दिन भित्र फिर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्