४ श्रावण २०८३, सोमबार

 

८ अंक बढ्यो नेप्से

सोमबार नेप्से परिसूचक कारोबार भएको तीन घण्टाको अवधिमा ८ दशमलव ९२ अंक बढेर १ हजार ५६५ दशमलव ७२ विन्दुमा पुगेको छ ।

उक्त अवधिमा १८५ ओटा कम्पनीको ५७ करोड ८० लाख बरावरको शेयर खरीदविक्री भएको छ । सर्वाधिक कारोबार भने अपि पावर कम्पनीको भएको छ ।

सो अवधिमा उक्त कम्पनीको ३ करोड ७० लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका ११ ओटा समूहको परिसूचक बढेसँगै नेप्से बढेको हो ।

सबैभन्दा बढी जलविद्युत् समूहको परिसूचक १ दशमलव ५३ प्रतिशतले बढेको छ । उक्त अवधिमा जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयर मूल्य ९ दशमलव ९० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४४४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung