४ श्रावण २०८३, सोमबार

 

युनाइटेड इन्स्योरेन्सको बिमाशुल्क आर्जन ४४ प्रतिशतले बढ्यो

युनाइटेड इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २६ करोड ७४ लाख बिमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ दशमलव ३० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ५३ लाख रुपैयाँ मात्रै बिमाशुल्क आर्जन गरेको थियो । युनाइटेड इन्स्योरेन्सले गत वर्ष बिमा क्षेत्रमा खारिएका व्यक्तिहरू भित्र्याएपछि कम्पनीको पर्फमेन्समा सुधार आएको हो ।
युनाइटेडकी डेपुटी सीईओ उपासना पौडेलले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४४ दशमलव ३० प्रतिशतले बिमाशुल्क आर्जन बढेको बताइन् ।

‘युनाइटेडले यति सफलता हात पार्नुमा सेवाग्राहीको ठूलो योगदान छ,’ उनले भनिन्, ‘युनाइटेडले वर्तमान समयमा ग्राहक सेवा, दाबी भुक्तानी प्रक्रियाका साथै ग्राहकमुखी बजार क्रियाकलापमा व्यापक सुधार गरी लोकप्रियता हासिल गरेको छ ।’ कम्पनीले आगामी दिनमा पनि आफ्ना ग्राहकका लागि सरल, सहज र सुपथ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung