
कोरोना संक्रमितको बिमा गरेका बिमा कम्पनीहरूलाई सात दिनभित्र बिमितलाई दाबी भुक्तानी गर्न बिमा समितिले निर्देशन दिएको छ ।
पछिल्लो समय कोभिडका संक्रमित बढ्दै गएपछि बिमा कम्पनीहरूले दाबी भुक्तानी दिन ढिलाइ गरिरहेका बेला बिमा समितिले यस्तो निर्देशन दिएको हो ।
मंगलबार बिमा समितिले जारी गरेको निर्देशनअनुसार कोभिड पोजिटिभ भएको प्रमाणपत्र पेस गरेको सात दिनभित्र बिमा भुक्तानी गरिसक्नुपर्नेछ ।