३ जेष्ठ २०८२, शनिबार

 

दाहालले डाके सचिवालयका नेताहरूको बैठक

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र उत्पन्न संकट समाधानका लागि सचिवालयका नेताहरूको बैठक बोलाएका छन् ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अध्यक्षले दिउँसो ३ बजेलाई पार्टी कार्यालयमा धुम्बाराहीमा सचिवालयका नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।

पार्टी कार्यालयमा हुने छलफलका आधारमा के गर्ने भन्ने निक्र्योल हुने सचिवालयका एक सदस्यले बताएका छन् । बिहीबार अध्यक्ष केपी शर्मा ओली र दाहालबीच बालुवाटारमा कुराकानी भएपनि सहमति जुट्न सकेको थिएन ।

गत शनिबार ओली र दाहालबीच भएको संवादमा ओलीले बैठक बोलाउन अनिच्छा देखाएका थिए । साथै उनले बैठकका निर्णयसमेत नमान्ने संकेत गरेका थिए ।

त्यसपछि बुधबार र बिहीबार ओलीले आफ्नो राजीनामा मागिएको भन्दै पार्टी नेताहरूमाथि आक्रोश पोखेका थिए । यसैबीच शुक्रबार अध्यक्ष दाहालसँग छलफल गर्न नेकपा संसदीय दलका उपनेतासमेत रहेका सुवास नेम्वाङ खुमलटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung