सञ्चालनको तयारीमा रहेको मुस्ताङ हेलिकप्टरले ६ करोड रुपैयाँमा पुरानै हेलिकप्टर खरिद गरेको छ । नेपाल ल्याउने तयारी गरिएको हेलिकप्टर कोरोना महामारीका कारण विदेशमै रोकिएपछि मुस्ताङले एयर डाइनेस्टीको हेलिकप्टर खरिद गरेको हो ।
एयर डाइनेस्टीका सञ्चालक पवित्राकुमार कार्कीले आफूहरूसँग रहेको एन–एजीय ९एएस ३५० बीए हेलिकप्टर बिक्री गरिएको बताए । एयरबस कम्पनीले फ्रान्समा निर्माण गरेको सो हेलिकप्टरको क्षमता ५ प्लस १ हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले मुस्ताङलाई दुईवटा एचवान २५ –३५० बी सिरिजका युरोकप्टर र २ वटा रोबिन्सन आर ६६ हेलिकप्टर ल्याएर सेवा सञ्चालन गर्ने अनुमति दिएको छ ।
पहिलो चरणमा दुईवटा हेलिकप्टर ल्याएर ०७७ को अक्टोबरबाट व्यवसायिक उडान गर्ने बताइएको थियो । अहिले कोरोना भाइरसको प्रभावका कारण उडानको मिति निश्चित भएको छैन ।
















































































































































































