६ जेष्ठ २०८१, आईतवार

 

पुस्तक आयातमा लगाइएको कर हट्यो

सरकारले पुस्तकमा लगाइँदै आएको कर हटाएको छ । यसअघिका अर्थमन्त्री डा युवराज खतिवडाले पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेसँगै उनको चौतर्फी आलोचना भएको थियो ।

तर, अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबारको बैठकले कर हटाउने निर्णय गरेको हो । खतिवडा अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भएसँगै सरकारले उनी अर्थमन्त्री हुँदा भएका निर्णयहरू उल्ट्याएको छ । यसअघि विद्युतीय सवारीमा लाग्ने कर, गहुँ तथा मैदाजन्य वस्तु, चकलेटमा बढाइएको कर पनि घटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्