१७ बैशाख २०८१, सोमबार

 

जो बाइडन र ह्यारिसलाई ह्वाइट हाउस पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्ने को हुन् ती अश्वेत महिला ?

 

चेल्सी बेलीबीबीसी न्यूज, एट्लान्टा, जोर्जिआ

जो बाइडनसँगै उभिएर जितमा खुसियाली मनाइरहँदा उपराष्ट्रपति निर्वाचित प्रथम अश्वेत तथा एशियाली अमेरिकी महिला ह्यारिसले एउटा विशेष समूह अर्थात अल्पसङ्ख्यक महिलाहरूका कारण आफ्नो अभियानले सफलता पाएको बताइन्।

उनले विशेषगरी अश्वेत महिलाहरूलाई अधिकांश अवस्थामा चासो नदिइने गरेको भए पनि उनीहरूले अमेरिकी लोकतन्त्रको मेरुदण्डका रूपमा आफूलाई धेरै पटक प्रमाणित गरेको बताइन्।

जोर्जिआमा ह्यारिसको यो सम्बोधन सुनिरहँदा हन्ट परिवारका सदस्यहरूको आँखा रसाएको थियो।“अहिले जोर्जिआ नीलो भएको छ जुन यो राज्य र यहाँका बासिन्दा अझ त्यसमा पनि अश्वेत बसिन्दाहरूका लागि जीवनकै ठूलो परिवर्तन हो,” २७ वर्षीया क्रिस्टिन हन्टले भनिन्।

“यो स्टेसी एब्राम्स र स्थानीय सङ्घ-संस्थामार्फत् मानिसहरूलाई मतदानका लागि नाम दर्ता गर्न र हाम्रो मतको महत्त्व किन छ भनेर बुझाउन खटिएका अरू धेरै अश्वेत महिलाहरूको कारण सम्भव भएको हो।”

क्रुजशान्डर स्कट (बायाँ) र ब्रिटनी स्मल्स (दायाँ) ले मतदाताहरूलाई नाम गर्दा गराउन अभियान चलाएका थिए
क्रुजशान्डर स्कट (बायाँ) र ब्रिटनी स्मल्स (दायाँ) ले मतदाताहरूलाई नाम गर्दा गराउन अभियान चलाएका थिए
अल्पसङ्ख्यक समर्थन

जो बाइडनको जितका लागि अफ्रिकी अमेरिकीहरूको समर्थनको निकै महत्त्वपूर्ण रहेको थियो।अश्वेत मतदाताहरूले साउथ क्यारलाइना प्राइमरी निर्वाचनमा बाइडनलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए जसले उनलाई पार्टीबाट मनोनयन प्राप्त गर्ने आधार दियो।

फिलडेल्फिया र पिट्स्बर्गजस्ता सहरमा रहेका अश्वेत मतदाताको समर्थन पनि बाइडनले पेन्सिल्भेनिया हुँदै अन्तत: चुनाव जित्नुको एउटा कारण हो।मतदानलगत्तै गरिने एक्जिट पोल सर्वेक्षणले १० अश्वेत मतदातामध्ये झन्डै नौ जनाले डेमोक्र्याटिक पार्टीलाई समर्थन गरेको देखाएको थियो।

ती सहरमा बाइडनलाई जिताउन कसले भूमिका खेल्यो भनेर प्रश्न गरियो भने धेरैले आफ्नो समुदायमा रहेका अश्वेत महिलाहरूलाई श्रेय दिन्छन्।

ज्याक्सनभिल फ्लोरिडाकी क्रुजशान्डर स्कटजस्ता महिलाहरूले धम्की समेत सामना गरेका थिए। उनले आफ्नो ऐतिहासिक रूपमा अश्वेत समुदायमा मतदाताहरूलाई भोट खसाल्न प्रेरित गर्न जाँदा अन्तिम साताहरूमा आफूलाई थप सुरक्षा दिइएको बताइन्।अमेरिकीमा प्रथम महिला हुन लागेकी जिल बाइडन को हुन्?

केन्द्रीय अभियानकर्ता

जोर्जिआमा स्टेसी एब्राम्सको डेमोक्र्याटहरूले प्रशंसा गरिरहेका छन्। आफ्नो दलका लागि चुनावको पर्यवेक्षकको भूमिका खेलेकी लिन्डा ग्रान्टले भनिन्, “एब्राम्सको नामलाई ‘काम सम्पन्न गराउने’ अर्थ दिने हिसाबमा प्रयोग गर्ने गरिन्छ।”

तर केही समयअघि सम्म मात्रै जोर्जिआका डेमोक्र्याटहरूले एब्राम्सलाई उक्त राज्यकी गभर्नरको रूपमा हेर्ने इच्छा राखेका थिए।सन् २०१८ मा उनले उक्त पदका लागि उम्मेदवारी दिने पहिलो अफ्रिकी अमेरिकी महिलाको कीर्तिमान राखेकी थिइन्।

जोर्जिआमा लामो समय सेक्रटरी अफ स्टेटको भूमिका निर्वाह गरेकी ब्रयान केम्पसँग एब्राम्सले प्रतिस्पर्धा गरेकी थिइन्।छ वर्ष पदमा हुँदा केम्पले ‘निष्क्रिोय रहेको’ वा त्रुटि भएको भन्दै १० लाखभन्दा बढीको मतदाताको दर्ता रद्द गरेका थिए।

उनको कार्यालयले तथ्याङ्कलाई अद्यावधिक गरेको बताए पनि एब्राम्सले त्यसलाई मताधिकार हनन भन्दै चर्को आलोचना गरिरहेकी छन्।गभर्नरको निर्वाचनमा केम्पले ५० हजार भन्दा केही बढी मतले जित हासिल गरे।

तर उक्त परिणामपछिको सम्बोधनमा उनले आफ्नो हार स्वीकार गरिनन्।उनले मताधिकार खोसिएको भन्दै एउटा नयाँ अभियान अघि बढाउने घोषणा गरिन्।

'Thank you Stacey' sign

ज्यानुअरीमा तिनै मतदाताहरू फेरि निर्णायक हुनसक्छन् किनभने सिनेट सदस्यका लागि हुने दोस्रो चरणको मतदानले अमेरिकी सिनेट कुन दलको नियन्त्रणमा जानेछ भन्ने निर्धारण गर्न सक्छ।

मतको शक्ति

जोर्जिआमा बाइडनले जितेको देखिएको छ।राष्ट्रपति-निर्वाचित बाइडनले एब्राम्स र उनका समर्थकहरूप्रति कृतज्ञता व्यक्त गर्नुपर्ने देखिन्छ।हन्ट भन्छिन्, “उनी ‘मेलै चुनाव हारेँ’ भन्दै चुप लगेर बस्न सक्थिन्। तर उनले त्यसलाई जितमा परिणत गरिदिइन् र आफ्नो र हाम्रो समाजको लागि राम्रो गर्ने प्रयासमा अघि बढ्दै लक्ष्यमा पुगिन्।”

एब्राम्सको प्रयासकै कारण अश्वेत मतदाताले आफ्नो शक्तिलाई हेर्ने दृष्टिकोण सधैँका लागि बदलिएको क्रिस्टिनकी आफन्त टेरेसा विल्सन बताउँछिन्।

ठूलो सङ्ख्यामा मानिसहरूलाई मतदान गर्न नाम दर्ता गराउनु र परिचालन गर्नुले जोर्जिआ र अमेरिकाका लागि ठूलो परिवर्तन ल्याएको भन्दै उनले त्यसबाट उनको देश र विश्वले मतको महत्त्व रहेको देखेको टिप्पणी गरिन्।

बीबीसीनेपालीबाट

 

प्रतिक्रिया दिनुहोस्