५ जेष्ठ २०८१, शनिबार

 

कीर्तिमानी आरोही पुर्जाको अटोबायोग्राफी बजारमा, अनलाइन सपिङ साइट दराजबाट पनि खरिद गर्न सकिने

कीर्तिमानी हिमाल आरोही निम्स पुर्जाको अटोबायोग्राफी ‘बियोन्ड पोसिबल’ सार्वजनिक भएको छ । नेपाल र यूकेमा संयुक्त रूपमा उनको अटोबायोग्राफी सार्वजनिक भएको हो ।

नेपालमा उक्त पुस्तक सफुले प्रकाशित गरेको छ । यसलाई अनलाइन सपिङ साइट दराजसहितका विभिन्न पुस्तक पसलबाट खरिद गर्न सकिनेछ ।

उक्त पुस्तकको मूल्य ८ सय रुपैयाँ कयम गरिएको छ । १६ वर्ष सैन्य सेवामा बिताएका पुर्जा अन्तर्राष्ट्रिय सफल हिमाल आरोही हुन् । ६ वर्ष गोर्खा सैनिक र १० वर्ष युके स्पेसल फोर्समा रहेका उनले ६ महिनाको अवधिमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर कीर्तिमानसमेत कायम गरेका छन् ।

पुर्जाका अनुसार विश्वका केही खतरनाक ‘वार जोन’मा सेवा गरेपछि उनले खतरनाक चुनौतीको सामना गर्ने सोच बनाए । त्यसपछि केवल ८ हजारभन्दा धेरै उचाइ भएका १४ वटा हिमाल चढ्ने लक्ष्य मात्र राखेनन् कि अघिल्ला कीर्तिमानलाई समेत तोडिदिए । आर्थिक राजनीतिक बाधालाई पार लगाउँदै उनले ६ महिनाको अवधिमा आफ्नो रेकर्ड पूरा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्