६ जेष्ठ २०८१, आईतवार

 

रेल्वेमा जागिर खान ३२ हजारको आवेदन

नेपाल रेल्वे कम्पनीमा जागिरका लागि ३२ हजारले आवेदन दिएका छन् । १ सय २९ कर्मचारी आवश्यक रहेकोमा असोज १२ सम्म ३२ हजारले आवेदन दिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

कम्पनीले शाखा अधिकृत, कानुन अधिकृत, स्टेसन मास्टर, सब–इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, क्यासियर, टिकट बिक्रेता सहायक, अमिन, रेल गार्ड, फोर म्यानलगायत २९ पदमा करारमा कर्मचारी माग गरेको थियो ।

जनकपुर–जयनगर रेलमार्ग तथा रेलगाडीको तयारीपछि रेल्वे कम्पनीले आवश्यक कर्मचारी भर्ना गर्न लागेको हो । महाप्रबन्धक भट्टराईले पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा ‘मेरिट लिस्ट’ प्रकाशन गर्ने, दोस्रो चरणमा अन्तर्वार्तापछि अन्तिम नामावली प्रकाशन गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्