६ जेष्ठ २०८१, आईतवार

 

हङकङमा रेस्टुरेन्टमा आगो लाग्दा सात नेपालीको मृत्यु

हङकङको जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेस्टुराँमा आइतबार राति आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ नेपालीको मृत्यु भएको छ। आगलागीमा परेर १८ जना घाइते भएका छन। मृत्यु हुनेमा चार पुरुष र तीन महिला छन् ।

नेपालीहरुले नै सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो । जन्मदिनको पार्टी चलिरहँदा आगलागी भएको त्यहाँ रहेका नेपालीहरुले जानकारी दिएका छन् । एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङले पनि आगलागीमा परी सात नेपालीको मृत्यु भएको पुष्टि गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्