२४ भाद्र २०८३, बुधबार

 

कैलालीमा कर्णाली किनारमा ‘जिपलाइन,’ महामारीकै बीच पनि भित्रिँदै पर्यटक

कैलालीको महोन्याल गाउँपालिकास्थित कर्णाली नदीमा ‘जिपलाइन’ सेवा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्न थालेको छ। सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारसमेत रहेको यस ठाउँमा कोरोना महामारीकै बीच पनि पर्यटक आउन थालेका छन् । गाउँपालिकाका वडा नं ७ पितमारीमा जिपलाइन सञ्चालनमा ल्याइएको हो ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको यो जिपलाइन करिब १ सय ३० मिटर लामो छ । साहसिक खेलका रुपमा रहेको जिपलाइनको मजा लिन अहिले दैनिक रुपमा पर्यटकको भिड लाग्ने गरेको छ।

२०७६ माघदेखि जिपलाइन सञ्चालनमा आए पनि कोभिड संक्रमणको जोखिमका कारण बन्द थियो। चिसापानी एड्भेन्चर रिसोर्टले करिब १० लाख रुपैयाँ लागतमा यो जिपलाइन सेवा सञ्चालनमा ल्याएको हो ।

यस क्षेत्रमा घुम्न आउने पर्यटकका लागि साहसिक खेलको मनोरञ्जन दिने उद्देश्यले जिपलाइन सेवा सञ्चालनमा ल्याइएको सञ्चालक तपेन्द्र रावलले बताए । उनका अनुसार जिपलाइनको अनुभव लिन आन्तरिक तथा बाह्य पर्यटक गरी दैनिक २ सय देखि ३ सय जनासम्म आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung