६ जेष्ठ २०८१, आईतवार

 

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब निकासा, २ लाखलाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम बाट चालु आर्थिक वर्ष २०७७०७८ मा २ लाखलाई रोजगारी दिने सरकारले लक्ष्य लिएको छ ।

चालु आवमा २ लाख बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ ११ अर्ब ६० करोड बजेट विनियोजन गरेको थियो । शुरुवाती चरणमा निकै आलोचना खेप्नु परेको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बेरोजगार युवाले भने लाभ लिन नसकेको विभिन्न सरोकारवालाहरूले बताएका छन् ।

गत वर्ष ५ अर्ब १ करोड रकमबाट करिब ७५ हजार जनाले १०० दिनको रोजगारी पाएका थिए । त्यसै अनुसार यो वर्ष पनि २ लाख बेरोजगार युवालाई १०० दिनको रोजगार दिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

तर, चालु आवको असोजसम्ममा मन्त्रालयमा ६ लाख ८२ हजार १ सय १५ जना बरोजगारहरूको सूचिमा सूचिकृत भइसकेका छन् । यद्यपि यसमा विपन्न वर्गले मात्रै रोजगारी पाउने हिसाबले स्थानीय तहबाट पहिचान गरी रोजगारी दिइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हालसम्म ६ अर्ब ८९ करोड रुपैयाँ स्थानीय तहलाई निकासा गरिसकेको छ । अब बाँकी ३ अर्ब ४४ करोड ७० लाख अनुदान रकम आवश्यकता अनुसार पुनः बाँडफाँट गरी पठाइने श्रम मन्त्रालयले जनाएको छ ।

६ अर्ब ८९ करोड रुपैयाँ निकासा भएकोमा पहिलो चरणमा गत २०७७ जेठ १५ गते ३ अर्ब ८९ करोड रुपैयाँ विनियोजन गरी स्थानीय तहमा पठाइसकेको प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक सुमन घिमिरेले जानकारी दिए ।

त्यसैगरी, दोस्रो चरणमा हालै मन्त्रालयले ३ अर्ब रुपैयाँ स्थानीय तहलाई निकासा गरेको छ । जसबाट ५६९ स्थानीय तहले ५८ हजार २७ जनालाई १०० दिनको रोजगारी पाउने भएको छ ।

दुई चरणमा स्थानीय तहलाई निकासा गरेको उक्त रकमले १ लाख ३३ हजार ३ सय २७ जानले रोजगारी पाउनेछन् । त्यसैगरी बजेट विनियोजन गरेको स्थानीय तहले सामूदायिक निर्माण आयोजना तथा मर्मत कार्यमा संलग्न भई रोजगारी प्राप्त गर्नेछन् । जसबाट श्रमिकले प्रति दिन ५१७ रुपैयाँको दरले ज्याला पाउने निर्देशक घिमिरेको भनाइ छ ।

कुन स्थानीय तहमा कतिलाई  राेजगार कति ?

 

प्रतिक्रिया दिनुहोस्